२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

सामाजिक संस्थाहरुद्वारा जिल्ला प्रहरी र ट्राफिक कार्यालयलाई स्वास्थ सामाग्री सहयोग

२०७७ भाद्र २१, आईतबार प्रकाशित ( साल अघि) १२६७ पाठक संख्या

कावासोती,भाद्र २१। कावासोतीमा सक्रिय रहेका केही सामाजिक संस्थाहरुले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय नवलपुरलाइ मास्क तथा ह्याण्ड सेनिटाइजर हस्तान्तरण गरेका छन।

नवलपुरमा सक्रिय संस्थाहरु मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपाल र आदर्श सांस्कृतिक मन्चको आयोजना तथा सुम्निमा हर्बलको सहयोगमा हस्तान्तरण गरिएको हो।

सामाजिक संस्थाहरुद्वारा जिल्ला प्रहरी र ट्राफिक कार्यालयलाइ स्वास्थ सामाग्री सहयोग

कोरोना महामारीको विषम परिस्थितिमा जनपथ प्रहरी तथा ट्राफिक प्रहरिले अग्रपंक्तिमा रहेर काम गरिरहेका अवस्थामा हुने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ सुरक्षामा सघाउ होस भन्ने हेतुले मास्क ,सेनिटाइजर लगायतका स्वास्थ सामाग्री हस्तान्तरण गरिएको ट्रस्टका संरक्षक लालचन श्रेष्ठले बताए।

स्वास्थ सामाग्री हस्तान्तरण गरिएकोमा खुसी व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले सहयोगका लालागी धन्यवाद दिएका थिए। कार्यकममा ट्रस्टका संस्थापक समाजसेवी श्याम श्रेष्ठ,समाजसेवी सरस्वती तिमिल्सिना अन्य सामाजिक व्यक्तिहरु लगायत जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस