२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालिकाका केही टोल शिल,लकडाउन थप भएन

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) ११४५ पाठक संख्या

कावासोती, १९ भाद्र । कावासोती नगरपालिकामा आज आएको रिपोर्टमा ९ जना कोरोना संक्रमित भेटिएपछी नगरपालिकाले केहि वडाका केही भाग हरु शिल गरेको छ।कावासोती नगरपालिकाले यस अघि भेटिएका संक्रमितको कन्ट्रायाक्ट ट्रेसिङका आधारमा १०७ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको थियो।
ढिला गरि प्राप्त भएको रिपोर्टमा पोजेटिभ देखिएका ९ जना मध्य कावासोती ३ का ४ जना र कावासोती १६ का ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछी कावासोती ३ को सेन्ट जोशेप चोक,नवदुर्गा चोक,थकाली चोक,राममन्दिर चोक भित्रका क्षेत्र शिल र कावासोती १६ को मिलन चोक ,निलगिरी चोक गैराटोल र त्रिभुवनटार भित्रका क्षेत्रहरु भदौ २५ गतेसम्मका लागि शिल गरिएको कावासोती नगरपालिकाका उपमेयर तथा विपद व्यवस्थापन समितिका संयोजक प्रेम शंकर मर्दनियाले बताए।
संक्रमितहरुलाइ अस्थायी कोरोना हस्पिटल रजहरको प्राकृतिक चिकित्सालय लैजाने तयारी भैरहेको कावासोती ३ का वडाध्यक्ष अमृत कुमार श्रेष्ठले बताए।शिल गरिएको क्षेत्रमा अनावश्यक हिडडुल,अत्यावश्यक बाहेकका व्यापार व्यबसाय सबै बन्द रहने समेत श्रेष्ठले बताए।
यसबाहेक कावासोती नगरपालिकाले अब जारी रहेको कडा लकडाउन नथप्ने भएको छ। तथापी अनावश्यक हिडडुल नगर्न स्वास्थ सुरक्षा मापदण्ड अपनाउन र सामाजिक दुरि कायम गर्न, साबुन ,मास्क र सेनिटाइजर पर्योग गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस