२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) ८८९ पाठक संख्या

नवलपरासी, भदौ १९। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाको जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो समय यता सुस्ता गाउँपालिकाले समुदाय स्तर गरिएको ८० जनालाई कोरोना परिक्षणमा ५८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने बाकी २२ जनाको रिपोर्ट आउन बाकी रहेको थियो ।

कोरोनाको रिपोर्ट आज शुक्रबार दिन आएको रिपोर्टमा १३ जनाको नेगेटिभ देखिएको र ६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३ जनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य शाखा सुस्ता गाउँपालिकाले जनाएको छ ।

पोजेटिभ हुनेमा सुस्ता गाउँपालिका वार्ड नं २ का जनप्रतिनिधि र पक्लिहवा स्वास्थ्य चौकी सुस्ता ५ पक्लिहवामा कार्यरत अनमी लगाएत ६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस