२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाकोटका १६ जनामा कोरोना पुष्टि

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) ९५१ पाठक संख्या
भदौ, गैंडाकोट । आज (शुक्रबार) बिहानै नवलपरासी पुर्वको गैंडाकोटमा एकैपटक १६ जनामा कोरोना पुष्टि भएको छ । चितवनमा कोरोना संक्रमण तिब्ररुपमा फैलिएसँगै चितवनसँग जोडिएको गैंडाकोट नगरपालिकामा पनि कोरोना संक्रमित बढ्दै गएका छन् ।

आजका १६ जना संक्रमितहरु सबैजसो संक्रमितहरुको सम्पर्कमा आएकाहरु रहेको नगरपालिका कार्यालयले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नं. १ का ५२ बर्षका एक पुरुष, २६ बर्षका दुईपुरुष र १६ बर्षकी किशोरीमा संक्रमण पुष्टि भएको छ । चारै जना स्थानिय संक्रमितको सम्पर्कमा आएको र कन्ट्याक ट्रेसिंगको आधारमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
वडा नंं २ का ३५, ३६, ४० र ४५ बर्षका पुरुष र ४५ बर्षकी महिलामा कोरोना पुष्टि भएको छ । यी पाँचैजना पनि स्थानिय रहेको र संक्रमितको सम्पर्कमा आएकाले कन्ट्याक ट्रेसिंगको आधारमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

वडा नं. ४ का ४२ बर्षका पुरुष र २० बर्षका महिलामा पनि कोरोना पुष्टि भएको छ । यी दुबैजना पनि स्थानिय हुन् । उनीहरु पनि संक्रमितको सम्पर्कमा आएकाले कन्ट्याक ट्रेसिंगको आधारमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

वडा नं. ५ का ५७, २५ र २९ बर्षका पुरुष र ५९ र २८ बर्षकी महिलामा पनि कोरोना पुष्टि भएको छ । यी पाँचैजना पनि स्थानिय हुन् । यी मध्ये दुईजना पुरुष र १ जना महिला बिरामी कुरुवा र १ जना महिला डिप्रोक्स सहकारीमा कार्यरत कर्मचारी रहेको गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिएका छन् ।

यो सँगै गैंडाकोट नगरपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ र उपचारपछि ६६ जना निको भएर घर फर्किएका छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस