२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा दोस्रो कोरोना संक्रमितको मृत्यु

२०७७ भाद्र १७, बुधबार प्रकाशित ( साल अघि) १०५० पाठक संख्या
भदौ,१७ बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत रामग्राम नगरपालिका–५ की कोरोना संक्रमित ६५ वर्षीया एक महिलाको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी ती महिलाको मङ्गलबार राती ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
डा.पोखरेलका अनुसार मृतक महिलाको आइसियुमा उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । यसअघि नवलपरासी पश्चिममा कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस