२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा घरमा ट्रष्ट लगाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

२०७७ भाद्र १७, बुधबार प्रकाशित ( साल अघि) ९७४ पाठक संख्या

भदौ,१७ कावासोती ।  नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को कावासोतीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. ९ का ४० वर्षीय लक्ष्मी प्रसाद महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

कावासोतीको विपी चोकमा रहेको कमल प्रसाद पौडेलको घरमा ट्रस लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस