२०८३ श्रावण २०, बुधबार
नयाँ
पछिला अपडेट

बर्दघाटमा ३१ बर्षकी महिलामा कोरोना पुष्टि

२०७७ भाद्र १६, मंगलबार प्रकाशित ( साल अघि) १४२६ पाठक संख्या

 

भदौ, १६ बर्दघाट । नवलपरासीको बर्दघाटमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले दिएको जानकारी अनुसार बर्दघाट नगरपालिका वडा न. १४ बस्ने ३१ बर्षकी महिलामा कोरोना पुष्टि भएको हो।

यो सँगै बर्दघाट नगरपालिकामा कोरोना संक्रमितको संख्या ५१ पुगेको जनाइएको छ । जिल्लाका सात पालिका मध्ये कोरोना संक्रमितको संख्या बर्दघाटमा सबैभन्दा धेरै छन् । यस्तै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४६ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस