२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

पश्चिम नवलपरासीमा तीन महिनामा १ करोड बढीको अबैध मालसामान बरामद

२०७७ भाद्र १४, आईतबार प्रकाशित ( साल अघि) १०४० पाठक संख्या

कावासोती १४ भदौ । पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय के।सी जिल्लामा आए लगतै नवलपरासी संग जोडिएका नाकाहरुमा चोरी तस्कारी नियन्त्रका लागि बिशोष निग्रानी थालेको छ ।

प्रहरीले नाकामा सक्रियता बढाएसंगै तस्कारीमा न्युनीकरण आएको प्रहरीले जनाएको छ । प्रहरीले कडाई गरे पछि भन्सार राजस्वमा बृद्धि हुन् थालेको छ । यस्तै अबैध मालसामान समेत बरामद हुनेक्रम पनि बढेको प्रहरीले जनाएको छ । यसैक्रममा प्रहरीले तीन महिनाको अवधिमा १ करोड बढीको अबैध मालसामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली बिभिन्न अवैध मालसामान पक्राउ गरी सो मुल्य बराबरको भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। प्रहरीका अनुसार भन्सार छली गरी ल्याईएका मोटर ,लत्ताकपडा, युरिया मोल, ईलेक्ट्रोक्सि सामान, किरानाका सामान लगायतका बरामद गरिएको हो । एसपी के।सिको सक्रियतामा यस बर्षको जेठ देखी अहिले सम्म करिब तीन महिनामा १ करोड ६४ लाख ७४ हजार ८ सय १९ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको छ ।

त्यसै गरी १ लाख ३६ हजार मुल्य बराबरको अवैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन बन कार्यालयमा बुझाईएको छ साथै नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टर, १ टिपर र ३ वटा स्काभेटर समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको हो ।

जसबाट ६ लाख ६५ हजार मुल्य बराबर राजश्व संकलन भएको छ । यसरी यस अवधिमा अवैध मालसामान,अवैध काठ र अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही गरी कुल जम्मा १ करोड ७२ लाख ७५ हजार ८ सय १९ मुल्य बराबरको राजश्व दाखिला भएको प्रहरी नायब उपरीक्षक राजु लामाले जनाए । बिशेषगरी महेशपुर नाका, त्रिवेणी नाका लगयतका साना( साना आधा दर्जन नाकाहरुमा निग्रानी बढाईएको उनले बताए ।

जिल्लामा २७।५ किलो मिटर खुल्ला सिमा रहेको अवस्थामा सबै अवस्थामा प्रहरी पुग्न नसक्ने भएकाले नागरिक स्तरको पनि सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस