२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीमा कोरोना संक्रमित महिलाको उपचार घरमै

२०७७ भाद्र १४, आईतबार प्रकाशित ( साल अघि) ९९६ पाठक संख्या

एलिना केसी

देवचुली। नवलपुरमै पहिलो पटक देवचुली नगरपालिकामा कोरोना संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । देवचुली १५ माइती भई कावासोती २ मा होटल गर्दै आएकी धादिङकी २० बर्षे महिलामा कोरोना संक्रमण देखिएपछि उनलाई होम आइसोलेसनमा राखिएको छ ।

संक्रमित महिला गत बैशाख देखि माईती मै बस्दै आएकी र एक हप्ताको सुत्केरी भएकीले उनलाई होम आइसोलेसन मै राखिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नवलपुर जिल्लामै होम आइसोलेस राखिएको यो पहिलो घटना हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस