२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा रहेको गिरुवारी खोला पुल जीर्ण

२०७७ भाद्र १३, शनिबार प्रकाशित ( साल अघि) १२०७ पाठक संख्या
गङ्गा बिश्वकर्मा 

चोरमारा, १३ भदौं । महेन्द्र राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिकामा रहेको गिरुवारी खोला पुल जीर्ण बनेको छ । पुल जीर्ण भएपछि अहिले एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर ७ र ८ को बिचमा रहेको गिरुवारी खोला पुल जीर्ण भएपछि अहिले मर्मत काम संचालन भएको छ ।
सो पुलको मेम्वरहरु चुडिने र नटबोल्ट खुल्दा पुल जीर्ण बनेको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख मेघराज मरासिनीले बताउनु भयो । प्रत्येक वर्ष नियमित रुपमा हुने मर्मत सम्भारको काम लकडाउनको कारण हुन नसक्दा पुल जीर्ण भएको मरासिनीले बताउनु भयो । केही दिन अगाडी पुल नजिकै राजमार्गमा गएको पहिरोको कारण सवारी अवरुद्ध हुदाँ पुलमा नै दोहोरो मालबाहक  सवारी रोकिएको कारण पुलमा बढी भार परेर मेम्वरहरु चुडिएको मरासिनीले बताउनु भयो ।
पुलको मेम्वर चुडिने र नटबोल्ट खुल्ने क्रम बढेपछि पुल नै भाचिने सम्भावना बढेपछि कमजोर ठाउँमा पुललाई खोलाबाट टेका लगाउने र नटबोल्ट कस्ने काम शुरु गरिएको मरासिनीले बताउनुभयो । अहिले पुलमा एकतर्फी मात्रै सवारी सञ्चालन गरेर नटबोल्ट कस्ने काम भइरहेको छ । पुल मर्मतको काम शुरु भएपनि पुल मर्मतको लागि आवश्यक सामाग्रीहरुको अभावको कारण मर्मतको काम सम्पन्न हुन समय लाग्ने उहाँले जानकारी दिनु भयो । लकडाउनको कारण पुल मर्मतको लागि चाहिने सामाग्रीहरुको अभाव रहेको भन्दै उहाँले जयश्री पुलमा प्रयोग भएको सामाग्रीहरु भएपनि जोगाड गर्न लगाएको उहाँले बताउनु भयो । यसअघि जयश्रीमा रहेको ट्रस पुल भाचिएपछि हाल कंक्रिट पुल निर्माण भएको छ ।
लकडाउनको कारण मर्मत सामाग्री अभाव भएकाले पहिले भाचिएको पुलको नटबोल्ट लगाएतको सामाग्री प्रयोग गरेर भएपनि पुल मर्मतको काम अगाडी बढाउने गरि काम थालिएको मरासिनीले बताउनु भयो । सामाग्री समयमा नै उपलब्ध भएपनि काम सम्पन्न गर्न कम्तीमा एक महिना लाग्नेछ । तर, मर्मत सामाग्री अभाव भएकाले तत्काल मर्मत सम्भार सम्पन्न गर्न समस्या रहेको मरासिनीले बताउनु भयो । मर्मत सम्पन्न नहुँदा सम्म पुल एकतर्फी मात्रै सञ्चालन हुनेछ ।
गिरुवारी खोलामा रहेको पुल ट्रस पुल हो । राजमार्गको बिभिन्न स्थानमा रहेका ट्रस पुलहरु भाचिने र भासिने हुदाँ समय समयमा राजमार्ग अवरुद्ध हुने समेत गरेका छन् । नवलपुर जिल्लामा रहेको जयश्री पुल भाचिएपछि हाल नयाँ कंक्रिट पुल निर्माण गरिएको छ । यस अघि जिल्लाको दुम्कीबास, अरुणखोला, लोकाहा खोला र बौलाहा खोलामा रहेका ट्रस पुलहरु भाचिएका मर्मत गरिएका पुल हुन । राजमार्गमा रहेका अधिकाम्स पुरानो ट्रस पुलहरु जीर्ण बन्दै गएको मरासिनीले बताउनु भयो । पुल जीर्ण हुदै गएपछि प्रत्येक वर्ष पुलको मर्मत सम्भारको काम हुने गरेकोमा यस वर्ष कोभिड–१९ र लकडाउनको कारण मर्मतको काम रोकिएको छ । जसको कारण जिल्लाको विभिन्न स्थानमा रहेको पुलहरुमा समेत जोखिम रहेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस