२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको विनयी त्रिवेणीमा थप १९ जनामा कोरोना संक्रमण

२०७७ भाद्र १३, शनिबार प्रकाशित ( साल अघि) १००९ पाठक संख्या

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँ पालिका मा १९ जना नयाँ संक्रमित थपिएको छ । भारतसँग सीमा जोडिएको क्षेत्र विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ त्रिवेणी क्षेत्रका का १२ जना पुरुष र ७ जना महिला गरी १९ जना संंक्रमित थपिएको हो ।

नवलपुरका विनयी त्रिवेणीमा समुदायमा सबैभन्दा बढी संक्रमण देखिएको छ । त्यसपछि गैडाकोट र कावासोती मा समुदायमा बढी संक्रमण देखिएको छ भने मध्यविन्दु र देवचुलीमा पनि समुदायमा संक्रमण शुरु भईसकेको छ ।

नवलपुरमा आज विहान मात्रै ४ जना र थप १९ जना गरी २३ जना थपिएका छन् । यो सहित नवलपुरमा संक्रमित को संख्या ४६३ पुगेको छ भने ३३८ जना उपचार पछि निको भएर फर्किएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस