२०८२ पौष १, मंगलबार
नयाँ
पछिला अपडेट

विनोद चौधरीलाई कोरोना संक्रमण

२०७७ भाद्र १२, शुक्रबार प्रकाशित ( साल अघि) १५०५ पाठक संख्या

भदौ १२, नवलपुर । उद्योगपति तथा व्यवसायी एवं सांसद विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई कोभिड–१९ को संक्रमण भएको उनले सार्वजनिक गरेका हुन्।

शुक्रवार उनले ट्विट गर्दै सम्पर्कमा रहेकाहरूलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्। उनले भनेका छन् ‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ।

भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु। मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस