२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा आइसोलेसन निर्माणको काम पुरा, छिट्टै सन्चालनमा आउने

२०७७ भाद्र ११, बिहिबार प्रकाशित ( साल अघि) ११२७ पाठक संख्या
रन्जीत शर्मा / भदौ,नवलपरासी। पछिल्लो समय लकडाउन खुकुलो पछी कोरोना संक्रमित बढेसंगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आईसोलेसन सेन्टर निर्माणको काम पुरा भएको छ । तत्कालका लागि गाँउपालिकाको वडा नम्बर ०२ हरपुरमा रहेको हरपुर मा.वि.मा ८ बेडको स्वास्थकर्मी सहित आईसोलेसन सेन्टर स्थापना गरिएको तथा आवश्यकता अनुसार विस्तार गर्दै जाने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कहाँरले जानकारी दिनुभयो ।
nawalparasi palhinandan.jpg
पाल्हीनन्दन गाँउपालिकामा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ,कर्मचारी र स्वास्थ्यकर्मी सहित एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तथा गत भदौ ८ गते पि.सि.आर परिक्षणका लागी ४६ जना स्वाब संकलन गरि पठाइएको तथा रिपोर्ट ३र४ दिन भित्र आइ सक्नेछ । अहिले अधिकांश संक्रमित होम आईसोलेसनमा छन् । होम आईसोलेसनमा बस्न पाईने भएपनि आवश्यक मापदण्ड पुरा नगर्दा संक्रमण थप फैलन सक्ने जोखिम पनि हुने भएकाले संक्रमित बसेका घरको अनुगमन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
palhinandan nawalparasi.jpg
प्रमुख जिल्ला अधिकारी सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे जानकारी निरिक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको बताउनुभयो तर होम आईसोलेसनमा बस्दा थोरै मात्रै लापरवाहीले पनि परिवार र समाजमा संक्रमण फैलने जोखिम भने रहने गर्दछ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस