२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतिको १४८ स्वाबमा १३२ को नतिजा नेगेटिभ

२०७७ भाद्र ११, बिहिबार प्रकाशित ( साल अघि) १२९३ पाठक संख्या

कावासोती ,नवलपुर। संक्रमितहरुको कन्ट्रायाक्ट ट्रेसिङको आधारमा र केही नगरपालिका भित्रका क्वारेन्टाइनमा रहेका हरुको स्वाब संकलन पि सि आरको लागि पठाइएको नतिजा आउने क्रम सुरु भएको छ।केही संचारकर्मि र व्यबसायी हरुलाइ कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुसंग्ग नजिकको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको थियो।

पछिल्लो समय कुमारी शैक्षिक गुठिको क्वारेन्टाइनमा संकलित १४८ मध्य १३२ रिपोर्ट हिजो राती मौखिक रुपमा प्राप्त भएको र उनिहरुको रिपोर्ट नेगेटिभ रहेको जानकारी पनि आफुले स्वास्थ निर्देशनालय पोखरा बाट प्राप्त गरेको कावासोती नगरपालिका स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाले जानकारी दिएका छन।

उनले थप १६  जनासहित १४८ जनाकै रिपोर्ट १० बजेपछी आउने जानकारी पनि दिएका छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस