२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा जनप्रतिनिधि सहित थप ४ जनामा संक्रमण पुष्टि

२०७७ भाद्र ९, मंगलबार प्रकाशित ( साल अघि) १२३० पाठक संख्या

विकास अधिकारी

परासी, भदौ ९ । पश्चिम नवलपरासीमा सोमबार पनि जनप्रतिनिधि सहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुनवल नगरपालिकाको वडा नम्बर ११ र १२ मा गरि दुई जनामा संक्रमण पुष्टि भएको हो । जसमा एक जना वडा अध्यक्ष पनि छन् ।

वडा नम्बर ११ का १७ वर्षीय पुरुष र १२ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । संक्रमित जनप्रतिनिधि केही दिन पहिले देखि स्वास्थ्यमा समस्या आएपछि होम आईसोलेसनमा बस्दै आएको र अहिले स्वास्थ्य अवस्था समान्य रहेको बताईएको छ ।

सुनवलबाट स्वाब पठाईएका मध्य सोमबार ५८ जनाको स्वावको रिपोर्ट आउँदा त्यी २ जनामा संक्रमण देखिएको हो भने अन्य ५६ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । अव ६ जनाको मात्र रिपोर्ट आउन बाँकि रहेको सुनवल नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

उता बर्दघाटमा पनि दुई जनामा कोरोना पुष्टि भएको छ । बर्दघाटमा वडा नम्बर १२ का ३० र वडा नम्बर १३ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । वडा नम्बर १२ का व्यक्ति विदेशबाट आएर होम क्वारेन्टिमा बस्दै आएका थिए । कन्ट्रयाक टेसिङ्गको आधारमा बर्दघाटबाट ४७ जनाको स्वाब संकलन परि पिसिआरको लागि पठाइएकोमा ४४ जनाको रिर्पोट यसअघि नै नेगेटिभ आएको थियो तर त्यसमध्य ३ जनाको रिर्पोट आउन बाकी रहेकोमा सोमबार २ जनामा संक्रमण देखिएको हो भने १ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

बर्दघाटबाट पुनः होम क्वारेन्टाइन, समुदाय गरि थप १४ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागी पठाइएको बर्दघाट स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।सोमबार प्राप्त रिपोर्ट मध्ये जिल्लाको सुस्ता र प्रतापपुरबाट पठाईएका स्वाबको नतिजा नेगेटिभ आएको छ । सोमबार सुस्ताका ४७ र प्रतापपुरका ५३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

सोमबार थपिएका संक्रमित संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या १ सय ८२ पुगेको छ । जसमा ३३ महिला र १ सय ४९ पुरुष छन् । जिल्लाबाट स्वाब पठाईएका मध्ये ३ सय ७३ को नतिजा आउन बाँकि छ ।

प्रकाशित मिति: Aug 25, 2020
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस