२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फेरि ७ जनाले जिते कोरोना

२०७७ भाद्र ८, सोमबार प्रकाशित ( साल अघि) १०२३ पाठक संख्या

किरण भुर्तेल

नवलपुर ,भाद्र ८। नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको कोरोना संक्रमितको उपचार पद्धति प्रभाकारी एवं सफल बन्दै गैरहेको छ ।हालसम्म चिकित्सालयमा उपचार गराएका सबैको उपचार सफल भएको छ।अहिले सम्म कुनै पनि संक्रमितको मृत्यु नभएको अस्थायी कोरोना हस्पिटलको नतिजा शतप्रतिशतनै भन्न सकिन्छ ।

यसैक्रममा चिकित्सालयमा उपचाररत विभिन्न पालिकाका ७ जना संक्रमितहरु निको भएर सोमबार घर फर्केका छन।उनिहरुलाइ पिसिआर परिक्षण गर्दा नेगेटिभ नतिजा आएपछी बिदा गरिएको चिकित्सालयका डाइरेक्टर डा. बिनोद पौडेलले जानकारी दिएका छन। हस्पिटलले जारी गरेको विज्ञप्ति अनुसार रजहरबाट पुर्ण निको भएर फर्कनेहरुमा गैंडाकोटका १ , बिनयी त्रीबेणीका ३ , भरतपुरका १ , मध्यबिन्दुका १ र बौंदीकालीका १ जना रहेका छन् । उनिहरु सबै पुरुष हुन् ।

received_1195236790833167.jpeg

चिकित्सालयले हालसम्म ३२८ जनाको सफल उपचार गरिसकेको छ भने हाल ४६ जना संक्रमितको उपचार भैरहेको छ।उनिहरुको अवस्था सामान्य रहेको र मनोबल समेत उच्च रहेको अस्पताल स्रोत जानकारी दिएको छ पछिल्लो ७ जनाले कोरोना जितेसङ्गै नवलपुरमा हालसम्म ३९८ जना संक्रमित मध्य ३३७ जना निको भएर घर फर्किसकेका छन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस