२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोती र गैंडाकोटका ३ जनामा देखियो कोरोना

२०७७ भाद्र ८, सोमबार प्रकाशित ( साल अघि) ११०३ पाठक संख्या
भदौ, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गैंडाकोट नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमण हुनेहरुमा गैंडाकोट २ का ४२ बर्षिय पुरुष र ३८ बर्षिय महिला, त्यसैगरी कावासोती १४ की २२ बर्षिय महिलामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
उनीहरुको भरतपुर स्थित चितवन मेडिकल कलेज प्रयोगशालाको स्वाबको परीक्षण गरिएको थियो ।  उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
यो सँगै नवलपरासी पुर्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ९६ पुगेको छ । यस्तै उपचार पछि निको हुनेको संख्या ३ सय ३७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस