२०८३ जेष्ठ ६, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा निशेधाज्ञाकाे समयमा विद्यालयमा चाेरी तथा ताेडफाेड

२०७७ भाद्र ८, सोमबार प्रकाशित ( साल अघि) १६४० पाठक संख्या

नवलपरासी ,८ भदौ । निशेधाज्ञाकाे समयमा अज्ञात समुहद्धारा बुद्धज्याेति प्राथमिक बिद्यालय हात्तिवनमा चाेरी तथा तोडफोड भएको छ। नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा अवस्थित बुद्धज्याेति प्राथमिक बिद्यालयकाे तिनवटा पंखा चोरी भएको बिद्यालयका प्र.अ बिनाेद पाण्डेले जानकारी दिए।

निषेधाज्ञाकाे समयमा अज्ञात समूहले बिद्यालयमा ताेडफाेड गर्नुकाे साथै ढोकाको ताल्चा फुटाएर काेठाभित्रकाे ब्रेन्च ताेडफाेड गरी तिनवटा पंखा चाेरी गरेका हुन । ब्रेन्च ताेडफाेड र पंखा चोरीबाट करिब २० हजार बराबरको क्षति भएको र घटनामा संलग्नको खोजी भइरहेको प्र.अ पाण्डेले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस