२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक पुरुषले झलुङ्गे पुलबाट हाम फाले

२०७७ भाद्र ८, सोमबार प्रकाशित ( साल अघि) ९५८ पाठक संख्या
भदौ, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बौदीकाली गाउँपालिका वडा नं. २ मा पुलबाट हाम फाली एक पुरुष बेपत्ता भएका छन् । आइतबार दिउँसो साढे २ बजेको समयमा पालीघाटस्थित तनहुँ र नवलपरासी पुर्व जोड्ने कालीगण्डकी नदिको झलुङ्गे पुलबाट हाम फाल्दा ३० बर्षिय कृष्ण खनाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हाम फाली बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि स्थानिय नागरिक र प्रहरी टोलीले संयुक्त रुपमा खोजि भइरहेको र ति पुरुष अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस