२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको भित्री सडकको चोक-चोकमा प्रहरी, घर बाहिर ननिस्कन प्रहरीको आग्रह

२०७७ भाद्र ७, आईतबार प्रकाशित ( साल अघि) ९५१ पाठक संख्या
नवलपुर ७ , भदौ । कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’को चौथौ दिन पनि नवलपुरको भित्री सडक- सडकमा विहानै देखि प्रहरी चोक–चोकमा परिचालित भएका छन् ।
अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन बाहेक अरु साधन गूड्न दिएका छैनन् । मध्यबिन्दु नगरपालिका भित्रका चोक–चोकमा बसेका सुरक्षा कर्मीले मोटरसाइकलमा सवार ब्यक्तिलाई सम्झाउने, बुझाउने गरेका छन् । प्रहरीले कतिपय सवारी साधानलाई जताबाट आएको उतै फर्काएका छन्।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नवलपुर जिल्लामा भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । अत्यावश्यक काम बाहेक हिंड्नेलाई प्रहरीले रोकेको छ। मर्निङ वाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ ।
कोल्हुवा प्रहरी चौकीका प्रमुख सब— इन्स्पेक्टर भीम प्रसाद धितालले औषधि र खाद्यवस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरे । उनले अटेर गर्नेलाई कारबाहीको समेत चेतावनी दिए । अत्यावश्यक बाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नेछन् ।
यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको प्रहरी नायब निरीक्षक भीम प्रसाद धितालले जानकारी दिए ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस