२०८३ जेष्ठ ३०, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा चिर्पट प्रहार गरी हत्या

२०७७ भाद्र ७, आईतबार प्रकाशित ( साल अघि) १४६२ पाठक संख्या

नवलपरासी, भदौ ७ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय  अर्जुन यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक राजु लामाले जानकारी दिए।  झगडाको कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस