२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

डियुटीमा खटिएका प्रहरीलाई नै कोरोना !

२०७७ भाद्र ६, शनिबार प्रकाशित ( साल अघि) ९२१ पाठक संख्या

काठमाडौंः पछिल्लो समय डियुटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण फैलिने दर ह्वातै बढेको छ।

७ सय जना भन्दाबढी प्रहरी संक्रमित भइसकेका छन्। प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय ट्राफिक प्रहरी महाशाखादेखि उपत्यकाभित्रका विभिन्न वृतमा कार्यरत प्रहरीलाई कोरोना पोजेटीभ देखिएको छ।

पछिल्लो समय महानगरीय प्रहरी वृत महाजगञ्जमा कार्यरत प्रहरीलाई समेत कोरोना देखिएको छ। प्रहरी निरिक्षकदेखि जवानसम्मलाई कोरोना देखिएको हो। कोरोना देखिएका प्रहरीलाई प्रहरी अस्पतालमा राखेर उपचार भइरहेको छ। उनीहरुलाई कसरी कोरोना संक्रमण भएको भन्ने खोजीएको छ।

प्रहरीमा थुनुवाबाट कोरोना सरेको हुनसक्ने खुलेको छ। प्रहरीले विभिन्न अभियोगमा मानिसलाई पक्राउ गर्दा सर्ने गरेको छ। यसरी समातिएका अभियुक्तलाई म्याद थप गर्न अदालत उपस्थित गराउँदा भने कोरोना परीक्षण अनिवार्य गराउनु पर्ने हुन्छ। तर परीक्षण अगाडी नै अभियुक्तसँग विभिन्न अनुसन्धानको लागि सम्पर्कमा आउनुपर्ने भएकाले संक्रमण हुने गरेको छ।
वृतमा थपिएका प्रहरीमा पनि थुनुवाबाट संक्रमण फैलिएको देखिएको छ। एक साताअघि (शुक्रवार) राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। प्रहरीले घटना भएको १२ घण्टा वित्न नपाउँदै मुख्य अभियुक्त दोलखा गौरीशंकर गाउँपालिका वडा नम्वर ३ डाँडाखर्क घर भएका २४ वर्षीय आङदोर्जे शर्पालाई नियन्त्रणमा लियो।
त्यसपछि उनलाई थुनामा राखिएको थियो। शर्पाको कोरोना परीक्षण गर्दा पोजेटी आएको हो।’ उसको पोजेटीभ देखिएपछि उ सँग सम्पर्कमा आएका प्रहरीको परीक्षण गर्दा पोजेटीभ आएको हो।’ एक प्रहरी अधिकृतले भने।

त्यसो त केही दिनअघि महानगरीय प्रहरी वृत कालिमाटीको हिरासतमा रहेका एक जना थुनुवामा पनि कोरोना पोजेटीभ देखिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस