२०८२ चैत्र २५, बुधबार
नयाँ
पछिला अपडेट

देवचुलीमा आज थप दुई जनामा कोरोना संक्रमण

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित ( साल अघि) १५३७ पाठक संख्या

नवलपुर ५ भदौ । नवालपुरको देवचुली नगरपालिकामा आज थप २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । देवचुली नगरपालिकाको जनज्योती नमुना माविमा भाद्र ३ गते संकलन गरिएको १०४ नमुना मध्य २ जनालाई पोजेटिभ देखिएको हो।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीका अनुसार देवचुली नगरपालिका ७ का ४४ पुरुष र देवचुली नगरपालिका १७ का ४२ पुरुषमा कोरानो भाइरस पुष्टि भएको छ।

संक्रमित दुबैलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसनमा लागी सकिएको स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो। देवचुलीमा शुक्रबार थपिएका २ सहित ३ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस