२०८३ भाद्र २६, शुक्रबार
नयाँ
पछिला अपडेट

बुटवलमा छतबाट खसेर एकको मृत्यु

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित ( साल अघि) १७०० पाठक संख्या

५ भदौ ,रुपन्देही । रुपन्देहीमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायाँदेवी गाउँपालिका वडा नंं ३ मा रहेको जगदम्बा धागो उद्योगमा काम गर्ने कमल खाम्चाको छतबाट खसेर मृत्यु भएको हो।

पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ८ घर भई जगदम्बा धागो उद्योगमा काम गर्ने २३ वर्षीय खाम्चाको आफू बस्ने घरको चारतला माथिको छतबाट खसेर मृत्यु भएको हो।

खाम्चाको मृत्युपछि ईलाका प्रहरी कार्यालय बेथरीको टोलीले थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस