२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

आज वर्षाको सम्भावना यस्तो छ : सतर्कता अपनाउन अनुरोध

२०७७ श्रावण २९, बिहिबार प्रकाशित ( साल अघि) ११६१ पाठक संख्या

नवलपुर ।२९ श्रावण 

देशभर मौसम सामान्य बदली छ भने केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ-

‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश,  प्रदेश नं ५, कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौमविद् पौडेलका अनुसार आज काठमाडौं उपत्यकामा भने दिउँसो पानी पर्ने सम्भावना देखिएको छैन। मौसम बदली भने हुनेछ। ‘दिउँसो केही बेर मौसम खुल्न पनि सक्छ,’ उनले भने, ‘साँझ वा बेलुकीपख भने वर्षाको सम्भावना छ।’ मौसमविद् पौडेलका अनुसार भोलि (शुक्रबार)देखि भने पूर्वका प्रदेशमा मौसम केही खुल्ने सम्भावना छ। पश्चिमतर्फका प्रदेशमा भने बदली तथा वर्षाको सम्भावना छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस