२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

छोरी जन्माउने आमालाई पाँच हजार पुरस्कार

२०७७ श्रावण २८, बुधबार प्रकाशित ( साल अघि) १०७५ पाठक संख्या

बर्दिया । राजापुर नगरपालिका वडा न ८ ले छोरी जन्माउने आमालाई सुत्केरी खर्च स्वरूप ५ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको छ । बढ्दै गएको लैंगिक वि-भे-द-को अन्त्य र छोरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप वडा ले रकम प्रदान गर्न सुरु गरेको हो ।

छोरालाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्ति लाई नयाँ मोड दिन आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ कार्यक्रम ल्याइएको अध्यक्ष चिन्तामणी आचार्यले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस