२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार ‘फेक’

२०७७ श्रावण ८, बिहिबार प्रकाशित ( साल अघि) २४१८ पाठक संख्या

काठमाडौं– कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्ने खबर झुटो भएको बताएका छन् ।



यसअघि भारतीय भारतीय सञ्चारमाध्यमहरुले अमिताभ बच्चनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको र अब एकदुई दिनमै डिस्चार्ज हुने समाचार सम्प्रेषण गरेका थिए।

तर अमिताभले भने ती समाचार सत्य नभएको भन्दै खण्डन गरेका छन्अ । अमिताभले बिहीबार साँझ ट्विट गर्दै उक्त समाचार गलत, गैरजिम्मेवार र फेक भएको बताएका हुन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमिताभ बच्चन १२ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् ।

अमिताभका साथै छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन तथा नातिनी आराध्याको पनि नानावती अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस