२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

यूएईद्वारा मंगल ग्रहमा पहिलो यान प्रक्षेपण

२०७७ श्रावण ५, सोमबार प्रकाशित ( साल अघि) १४६८ पाठक संख्या

एजेन्सी । संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण गरेको छ ।

जापानस्थित तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत होप नामक उक्त यानले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ । सन् २०२१ को फेब्रुअरी अर्थात यूएई स्थापनाको ५० औ वार्षिकोत्सवमा होप यान मंग्रल ग्रह पुग्‍ने जनाइएको छ ।

यसअघि प्रक्षेपण गरिएकाका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित भएका थिए । यो भूउपग्रह मंगल ग्रहमा पुगेपछि ग्रहको वातावरणबारे विवरणहरू खुल्ने जनाइएको छ । बीबीसी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस