२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

फोर्ड गाडिको आधिकारिक बिक्रेताको शाखा कावासोतीमा खुल्यो

२०७५ पौष १०, मंगलबार प्रकाशित ( साल अघि) ९६० पाठक संख्या

बिजय चालिसे

पुस, १०, कावासोती । फोर्ड गाडिको चितवन र नवलपुरको आधिकारिक विक्रेता एस एच मोटर्स प्रालिले कावासोतीमा नयाँ शो रुम खोलेको छ । युवा उद्यमी निर्देश सेढाईले चितवनमा मुख्य शो रुम रहेको मोटर्सको शाखा कावासोतीमा पनि सञ्चालनमा ल्याउनु भएको हो ।

कावासोतीको कालिगण्डकी चोक नजिकै सञ्चालनमा आएको शो रुमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गायक रामकृष्ण ढकाल र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले संयुक्त रुपमा शो रुमको उद्घाटन गर्नुभएको हो । फोर्ड कम्पनिका ईकोस्पोर्ट, फ्रिस्टायल, फिगो, फिगो एस्पायर, रेञ्जर र ईन्डेभर गाडि कावासोतीको शो रुममा विक्रि गरिने सञ्चालक सेढाईले बताउनुभयो । पछिल्लो समय ईकोस्पोर्ट र फ्रिस्टायल गाडि ग्राहकको रोईजामा पर्ने गरेको छ । ७ कलरमा उपलब्ध फोर्डका गाडिहरु मध्ये ईकोस्पोर्ट नै बढि बिक्रि हुने सेढाईले बताउनुभयो ।

ईकोस्पोर्ट कार फुल अप्सन मोडमा रहेको छ । इकोस्पोर्टको ग्राउण्ड क्लियरेन्स दुई सय मिलिमिटरको छ । यस कारमा ३।५ इञ्चको एमएफडि स्क्रिन प्रयोग गरिएको छ । यसको ह्विलहरु १६ इञ्चका एल्लोइले बनेका छन् । यस कारको टर्निङ रेडियस ५।३ मिटरको छ । कारको क्लस्टरमा फ्युल कम्प्युटर जडान गरिएको छ । एन्टि लक ब्रेकिङ सिस्टम जडान गरिएको यस कारमा स्टिरिङ ह्विल अडियो कन्ट्रोल रहेको शो रुमले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस