२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

बुटवलमा लागूऔषधसहित १० जना पक्राउ

२०७५ पौष १०, मंगलबार प्रकाशित ( साल अघि) ११९९ पाठक संख्या

१० पुस, बुटवल । बुटवलबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलका विभिन्न ठाउँबाट तीनजना महिला र ७ पुरुषलाई नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ बसपार्कस्थित सार्वजनिक शौचालयबाट शंका लागेर प्रहरीले चेकजाच गर्दा स्याङजा जिल्ला वालिङ नगरपालिका-८ बस्ने वर्ष २१ की सुनिता खड्का र खोटाङ जिल्ला दिक्तेल नगरपालिका-३ बस्ने वर्ष २४ की ममता राई साथबाट नुफिर्न १८, डाइजेपाम १८, फेनारागन १८ एम्पुल्स बरामद गरेको हो ।

यस्तै उनीहरुको बयानका आधारमा नवलपरासीको रामग्राम नगरपालिका-२ बस्ने वर्ष २४का सुदीपकुमार केवटलाई पनि प्रहरीले पक्राउ गरेको छ । केवटले नै अरूलाई लागूऔषध बिक्री गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट थप ना१३प ३६३५ नम्बरको स्कुटरसहित नुर्फिन ३२, डाइजेपाम ३२, फेनार्गन ३२ र नगद तीनहजार बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

यस्तै प्रहरीले बुटवल महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट लु३९प ८२५ नम्बरको स्कुटी जेकजाँचका क्रममा बुटवल महानगरपालिका-२ की २१ वर्षीय सुना कुँवर र सोही ठाउँकी २२ वर्षीया सलिना थापालाई १३ ग्राम ३० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको ।

यता बुटवल उपमहानगरपालिका-७ सिद्धेश्वर खेलकुद मैदानबाट २० ग्राम गाँजासहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका असमान थापा, राहुल गौतम, वडा नम्बर ८ का दिलन राना, सुशील ढुङगाना र वडा नम्बर ९ का प्रदीप पाण्डे रहेका छन् । यो खबर ऑनलाइन खबर बाट साभार गरीएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस