२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा प्रथम माघी खिचरी साँस्कृतिक महोत्सव हुने

२०७५ पौष ७, शनिबार प्रकाशित ( साल अघि) १०७६ पाठक संख्या

बिजय चालिसे


पौष , ०७, कावासोती

थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा प्रथम माघी खिचरी साँस्कृतिक महोत्सव हुने भएको छ । चाँड पर्व कला संस्कृति नै हाम्रो पहिचान, कृषि, व्यपार पर्यटन विकास नै हाम्रो अभियान भन्ने मुल नारासहित यहि पुस २७ गतेदेखि कावासोती १६ डण्डामा महोत्सवको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

कल्याणकारिणी सभा नवलपुरका सभापति राम प्रसाद महत्तोले कला संस्कृतिको संरक्षण र सम्वद्र्वन गर्न माघि खिचरी महोत्सवको आयोजना गरिएको बताउनुभयो । डण्डामा रहेको गण्डकी प्रदेशको एक मात्र थारु राष्ट्रिय संग्राहलय अध्ययन केन्द्र पर्यटन विकासको पुर्वाधार भएकाले यसको प्रचार प्रसार र स्तरोन्नतिका लागि महोत्सव कोषेढुङ्गा सावित हुने अध्यक्ष महत्तोको भनाई छ । १५० वटा स्टल रहने महोत्सवमा विभिन्न जातजातिका संस्कृति झल्कने स्टल मात्रै करिव २० वटा रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथै विभिन्न जातजातीका झाकी प्रदर्शनी एंव खानाका परिकार पाईनुका साथै प्रथम राष्ट्रिय माघी डान्स आईडल, निशुल्क आँखा शिविर, राष्ट्रिय भलिबललगायतका कार्यक्रम हुने अध्यक्ष महत्तोले जानकारी दिनुभयो । महोत्सवमा करिव २ लाख दर्शकहरुले अवलोकन गर्ने र लोपोन्मुख कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने आयोजकको अपेक्षा छ । ११ दिनसम्म चल्ने महोत्सवमा करिव ५५ लाख खर्च हुने र झण्डै ६५ लाख बराबरको कारोवार हुने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस