२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका स्वर्गिय पत्रकार भुसालको स्मृतिमा ट्रष्ट स्थापना हुने

२०७५ पौष ६, शुक्रबार प्रकाशित ( साल अघि) १०४७ पाठक संख्या

खगेन्द्र पराजुली

पौष , ०६, कावासोती । नवलपुरका स्वर्गीय पत्रकार तीर्थराज भुसालको स्मृतिमा ट्रष्ट स्थापनाका लागि झपेन्द्रश्वर भुसालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरीएको छ ।
जसको उपाध्यक्षमा स्वर्गीय तिर्थराज भुसालका काका पदमप्रसाद शर्मा भुसाल, सचिवमा धर्मपत्नी मुना दाहाल, सह सचिवमा पत्रकार शारदा झेडी मगर, कोषध्यक्षमा तिर्थ राज डुम्रे, सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भटराई, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, कावासोती नगर स्वास्थ्य शाखाका बिष्णु कंडेल र शालिकराम कोइराला रहनुभएको छ ।

शुक्रवार कावासोती स्थित आफ्नै निवासमा आयोजना गरिएको प्रारम्भिक भेलाले पत्रकारीता, शिक्षा, स्वास्थ्य र सामाजिक क्रियाकलापमा सहयोग पुर्याउने पबित्र उद्धेश्यले बिशुद्ध नाफा रहित सेवामूलक संस्था स्थापना गर्न लागिएको परिवार स्रोतले बताएको छ ।
यस्तै भेलाले भुसालकै संयोजकत्वमा बिधान मस्यौदा समिति समेत चयन गरेको छ । जसको सदस्यमा भुपेन्द्र शर्मा भटराई र मुना दाहाल हुनुहुन्छ । भेलाले स्वर्गीय पत्रकार तीर्थराज भुसालको प्रथम बार्षिक पुण्य तिथिमा पुस १३ गते स्वर्गीय तीर्थराज स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कारको घोषणाका साथ पुरस्कृत गर्ने योजना बनाएको छ ।

पुरस्कारका लागी योग्य ब्यक्ति छनौट गर्ने अख्तियारी पत्रकार महासंघ शाखा नवलपरासीलाई दिईएको छ । ट्रष्टको संरक्षक स्वर्गीय तीर्थराज भुसालका पिता यमप्रसाद भुसाल रहने निर्णय भएको छ । प्रारम्भ देखि नै जनतालाई संचारको माध्यमवाट सुसुचित गराउनुपर्छ भन्ने मान्यतावाट प्रभावित भएर कावासोतीमा नवलपुर एफ एम सञ्चालन गर्दै आउनुभएका पत्रकार भुसालको गत २०७४ साल मंसीर १४ गते सडक दुर्घटनामा परी घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मंसीर २३ गते निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस