चितवन, पुस ४-चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ टिकौली जंगल स्थित पूर्व–पश्चिम लोक मार्गमा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको बा३ख १८६० नं.को बस र टाँडीतर्फ जाँदै गरेको ना १ प ७६३० नं.को मोटरसाइकल एकापसमा मंगलवार साँझ ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–४ का २८ वर्षीय संजय चौधरी गम्भीर घाईते भएका थिए ।
बसको ठक्करबाट घाईते चौधरीको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : ४ पुष २०७५, बुधबार