२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक घाइते

२०७५ मंसिर २९, शनिबार प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

चितवन,१ पौष  –चितवनमा गए राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । माडीबाट जन्ती लिएर नवलपरासी जाँदै गरेको ना ४ ख ५१९३ नंको बसको ठक्करबाट भरतपुर–१४ वरौजीमा साइकलमा सवार भरतपुर–१३ का बालकृष्ण सापकोटाको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते सापकोटाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै मोटरसाइकल अनियन्त्रित भई ठक्कर खाँदा पुर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० निपनीबाट गए राति १ बजे सौराहातर्फ जाँदै गरेको बा८१प ८५०० नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक राप्ती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिस तामाङको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल पछाडि सवार सोही स्थानका २५ वर्षीय अनमोल तामाङ गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस