२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक युवतीसहित ९ जुवाडे रंगेहात पक्राउ

२०७५ मंसिर २९, शनिबार प्रकाशित ( साल अघि) ९८४ पाठक संख्या

बिजय चालिसे 
मङ्सिर, २९, कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा ९ जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । मध्यविन्दु ४ मदनपुरमा गएराति कौडा खेलिरहेको अवस्थामा १ लाख ३३ हजार नगदसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, २० वर्षीय एनिस गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, मध्यविन्दु नगरपालिका ३ का ४३ वर्षीय तीलकराम महतो र पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ का ४० वर्षीय दीपक भण्डारी छन् ।
त्यस्तै, बर्दघाट १४ का ३५ वर्षिय छविलाल शर्मा, बर्दघाट १५ का २८ वर्षीय लालबहादुर तमाङ्ग, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङलाई पनि प्रहरीले समातेको छ । पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस