२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीको जथाभावी सडक दस्तुर उठाउने संकलनस्थल हटाइयो

२०७५ मंसिर २८, शुक्रबार प्रकाशित ( साल अघि) ९१५ पाठक संख्या

परासी : पश्चिम नवलपरासीको भैरहवा–भूमही सडकअन्तरगत परासी सडक खण्डमा राखिएको सडक दस्तुर संकलन स्थल प्रशासनले हटाएको छ ।

राजमार्ग उपभोग गरेवापत संकलन गरिने सडक दस्तुर सहायक मार्गमा बसेर अनाधिकृत रुपमा उठाउन थालिएको गुनासो बढेपछि प्रशासनले हटाएको हो । सहायक मार्गमा बसेर दस्तुर उठाउँदा दोहोरो कर तिर्नु परेको र राजमार्ग नै प्रयोग नगर्ने सवारीसाधनले समेत रकम तिर्नु परेको गुनासो आएपछि संकलन स्थल हटाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

बुटवल–नारायणगढ खण्डको सडक दस्तुर उठाउन सडक बोर्ड नेपालले एक वर्षका लागि सुनकोशी कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंलाई करार सम्झौतामा ठेक्का दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस