२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गैंडाकोटका सुत्केरी आमाले ३ हजार भत्ता पाउने

२०७५ मंसिर २८, शुक्रबार प्रकाशित ( साल अघि) १०४७ पाठक संख्या

मङ्सिर, २८, कावासोती । गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । नगरकापालिकाले “सुत्केरी आमा पोसिलो खाना” कार्यक्रम अन्तर्गत सुत्केरीलाई तीन हजार रुपैयाँ दिने निर्णय गरिएको गैँडाकोट नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए ।  


नीति तथा कार्यक्रममा समेटिएको योजना अनुसार सुत्केरी आमालाई प्रोत्साहन भत्ता दिने निर्णय नगरकार्यपालिकाले गरेको नगर प्रमुख पौडेलको भनाई छ । सुत्ेकरी आमाले भत्ता पाउनका लागि पितौँजीघाट स्वास्थ्य चौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी गराउनुपर्ने उनले बताए । गैँडाकोट नगरपालिका भित्रका दुई स्वास्थ्य संस्थामा चार पटक गर्भाधान परीक्षण र सुत्केरी भइसकेपछि तीन पटक स्वास्थ्य परीक्षण गराएका सुत्केरी आमालाई प्रोत्साहन भत्ताको व्यबस्था गरिने नगरपालिकाले जनाएको छ ।


साथै नगरपालिकाले तोकेको दुई स्वास्थ्य संस्थाले थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरेर सुत्केरी भएका आमाले पनि यो सुविधा प्राप्त गर्न सक्ने गैँडाकोट नगर स्वास्थ्य शाखा संयोजक इन्द्रराज शर्माले बताए । यस कार्यक्रमले गरिब तथा बिपन्न समुदायका आमाहरु थप लाभान्वित हुने गैंडाकोट नगरपालिकाको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस