२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

प्रतापपुर गाउँपालिकाको अनुगमन, काम गुणस्तरहिन भएकाे आशंका

२०७५ मंसिर २८, शुक्रबार प्रकाशित ( साल अघि) ९८६ पाठक संख्या

रबिन्द्र यादव/ नवलपरासी 

नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाको चालु आर्थिक वर्षको स्वीकृत योजनाहरुमध्ये वडा नं. ६, ७, ८ र ९ का सम्पन्न तथा निर्माणाधीन योजनाहरुको अनुगमन गरिएको छ ।

योजना अनुगमन समितिका संयोजक तथा प्रतापपुर गाउपालिका उपाध्यक्ष अंजु चौधरीको संयोजकत्वमा वडा नं. ६ को कठहवा,परसौनी,हरपुरको बाटो , वडा नं. ७ को मेघइ अठलही सडक बाटो निर्माण , टागींकोट सार्वजनिक भवन निर्माण वडा नं. ९ को अठलही गाउको कालोपत्रे बाटोको अनुगमन गरिएको छ ।

अनुगमन पछि सम्बन्धित योजना निर्माण उपभोक्ता समितिका अध्यक्षहरु तथा उपभोक्ताहरुसगं सोधपुछ गाउपालिका कार्यालय मै बोलाएर गरिने प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए । स्टिमेट अनुसार काम नगर्ने ठेकेदार तथा उपभोक्ता समितिको रकम समेत कटौती गरिने बस्यालले बताए ।

अनुगमनमा योजना अनुगमन समितिका संयोजक तथा प्रतापपुर गाउपालिका उपाध्यक्ष अंजु कुमारी चौ धरी, प्रशासकीय अधिकृत बोधराज बस्याल, वडा नं ७ वडा अध्यक्ष हरेन्द्र कुमार यादव, ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पंजियार (मनोज), गाउपालिकाका प्राविधिक राजेन्द्र चौधरी, विष्णु ज्ञ्वाली लगायतको सहभागीता थियोे ।

विकास निर्माणकार्यमा स्थानियको जन गुनासो बढ्दै जादा अनुगमन गरिए संयोजक अंजु कुमारी चौधरीले बताइन्।

                                       प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस