२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

दुबै मृगौला पीडित राममायालाई रानाभाट र भाट समाजको सहयोग

२०७५ मंसिर २७, बिहिबार प्रकाशित ( साल अघि) १०९३ पाठक संख्या

मंसिर २७, कावासोती । दुवै मृगौला फेल भई उपचारमा रहनुभएकी गैडाकोट निवासी राममाया रानाभाटलाई रानाभाट तथा भाट समाज नेपाल कावासोती नगरकमिटीले आर्थिक सहयोग गरेको छ । विगत ३ महिना देखि उपचारर्थ रानाभाटलाई जिल्लाका बरिष्ठ उपाध्यक्ष सन्त रानाभाटको संयोजकत्वमा कावासोति नगरकमिटिका अध्यक्ष सम्मर रानाभाटको सक्रियतामा ९ हजार ८ सय रुपैया नगर संकलन गरी आज हस्तान्तरण गरिएको हो ।

कावासोती युथ परिचालक कमिटीका अध्यक्ष बेटटु रानाभाट ,देबचुलि युथ कमिटीका अध्यक्ष प्रविन रानाभाट र सचिव राजु रानाभाट सहितको उपस्थितीमा आज विरामीलाई सो रकम हस्तान्रण गर्दै राममायाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।यस्तै रानाभाटलाई कतारमा रहेका रानाभाटहरुले पनि आर्थिक सहयोग गरेका छन् । रुक रानाभाटको सक्रियतामा कतारमा संकलन भएको ३० हजार नगद सहयोग गरेका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस