२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

महेसपुर भन्सारमा अनलाईन सेवा सुरु

२०७५ मंसिर २५, मंगलबार प्रकाशित ( साल अघि) १२३९ पाठक संख्या

परासी, २५ मंसिर । महेसपुर भन्सार कार्यालय नवलपरासीले आजदेखि अनलाईन सेवा सुचारु गरेको छ । कार्यालयले मंगलबार एक औपचारिक कार्यक्रम गरि सो अनलाईन सेवाको उद्दघाटन गरि सुचारु गरेको हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माको अध्यक्षतामा भएको अनलाई सेवा उद्दघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले अनलाईन मार्फत स्थानिय व्यपारी शरिफ अंसारीको प्रज्ञापन फराम भरि उद्दाटन गरेका हुन् ।

सो अनलाईन सेवाबाट भन्सारको लागि प्रज्ञापन फर्म भर्न सकिने, मालबस्तुको बिल बिजक र विभिन्न आवश्यक कागजातहरु स्केन गरि सब्मिट गर्न सकिने, भन्सारबाट प्रदान गरि सबै प्रकारको सुचनाहरु प्राप्त गर्न सकिने, मालबस्तु तथा बिल बिलबिजकको अनुगमन गर्न मिल्ने, मालबस्तु चेकिङ्ग गर्न सकिने र बस्ुतको मुल्य समेत पत्ता लगाउन र घर बसेरै भन्सार सम्बन्धित कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

मालबस्तुको भन्सारका लागि घर तथा कार्यालयमा बसैरै भन्सारको कारोबार गर्न सकिने छ भने भन्सारले प्रयोग गरेको प्रभु बंैकमा भन्सारको राजस्व बुझाएर कारोबार गर्न सकिने अधिकृत शर्माले बताए । यस अनलाई सेवाबाट कुन बस्तुको आयात तथा निर्यात गर्न मिल्ने छ भनि समेत थाहा हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथि एवं पुर्व गृहराज्य मन्त्री कण्डेल, विशिष्ट अतिथि एवं विधायक बैजनाथ जयसवाल, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी लगायतले यस अनलाईन सेवाको सफलताको शुभकामना दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस