मङ्सिर, २२, कावासोती । नवलपुरको देवचुली नगरपालिकामा आज गैंडाको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छिन् । गैंडाको आक्रमणबाट देवचुली १ केउरेनी बस्ने करिब ५०÷५५ वर्षकी सीता लम्साल गम्भिर घाईते भएकी हुन् । दिउँसो २ बजे तिर दिव्य सामुदायिक मध्यवर्ति बनमा घाँस काट्न गएकी लम्साललाई गैंडाले आक्रमण गरेको हो। घाईतेलाई उपचारका लागी भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।