२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

सडक बालबालिकाको सम्झनामा दीप प्रज्वलन तथा सरकारलाई ध्यानाकर्षण पत्र

२०७८ चैत्र ३०, बुधबार प्रकाशित ( साल अघि) १५१३ पाठक संख्या
चैत्र २८ काठमाडौं । अन्तराष्ट्रिय सडक बालबालिका दिवसको अवसरमा कोभिड तथा विभिन्न कारणले ज्यान गुमाएका बालबालिकाहरूको सम्झनामा सोमबार  दिप प्रज्वलन गरिएको । सडकसँग आवद्ध  रहेका बालबालिकाको हक हितको लागि विगत २४ वर्ष देखि काम गर्दै आइरहेको समाजिक सन्था साथ साथले पहिलो पटक सिनामंगल स्थित बाल स्मृती स्तम्भमा दीप प्रज्वलनको आयोजना गरेको थियो ।
सडक बालबालिकाको सवालमा दिगो रूप दिन सन २०११ अप्रिल १२ मा कन्र्सोटियम फर स्ट्रेट चाइल्ड द्धारा तीस भन्दा बढी देशहरूले सडक बालबालिकाको समस्याको बारेमा व्यापक जागरुकता सिर्जना गर्ने उद्देश्यले लाउडर टुगेदर अभियान सुरु गरेको थियो ।
सोहि सन्दर्भमा साथ साथले सडक सँग आवद्ध बालबालिकाको जन्मदर्ता तथा नागरिकता जस्ता महत्वपूर्ण राष्ट्रिय पहिचानलाई कानूनी रुपमा समेटिनु पर्ने, सडकका बालबालिकाहरूको तथ्यांक स्थानीय   तहमा राखी घटना व्यवस्थापन कार्यमा जोड दिनु पर्ने लगायतका माग राख्दै १० बुँदे ध्यानाकर्षण पत्र नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनाली समक्ष बुझाएको छ ।
साथ साथकी रिसोर्स एजुकेटिभ कविता शाहले ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो । संस्थाले अन्तराष्ट्रिय सडक बालबालिका दिवसलाई सप्ताह व्यापी मनाउने भएको छ । विभिन्न कारणले अभिभावक विहीन भै सडकमा आइपुगेका बालबालिकाले कानूनी पहिचान पाउन गाह्रो भएको जन्मदर्ता तथा नागरिकता जस्तो महत्वपूर्ण कागजपत्र नबन्दा लाखौ बालबालिका अनागरिक हुने स्थिति बढेको साथ साथी कविता शाहले बताउनु भयो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस