२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

१२ घण्टामा ४५ हजार बढीले छाडे उपत्यका

२०७८ बैशाख १५, बुधबार प्रकाशित ( साल अघि) १०७३ पाठक संख्या

 

काठमाडौँ : बुधबार ४५ हजारभन्दा बढीले उपत्यका छाडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ४५ हजार ७५ जनाले उपत्यका छाडेका छन् ।

मंगलबार २४ घण्टामा ५२ हजार १ सय ९० ले उपत्यका छाडेका थिए भने सोमबार उपत्यका छाड्नेको संख्या ५० हजार ४ सय ५६ रहेको थियो ।

कोभिड-१९ संक्रमण उच्च जोखिम भएपनि केही दिनअघि सरकारले निषेधाज्ञा लगाउने भएको थियो । निषेधाज्ञाको निर्णयसँगै मानिसहरू उपत्यका छाड्न थालेका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस