२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

हुप्सेकोट गाउँपालिका कोरोना मुक्त

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) १३१८ पाठक संख्या

गैडाकोट, १९ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अहिले कोरोना सङ्क्रमण मुक्त भएको छ । आज बिहान हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पुरुष डिस्चार्ज भएसँगै पालिकाभित्र अहिले सक्रिय संक्रमित शून्य भएको हो । उनी प्राकृतिक चिकित्सालय रजहर बाट निको भई घर फर्किएका हुन् । निको भएका पुरुषको गत भाद्र ३ गते नतिजा पोजिटिभ आएको थियो ।

तत्पश्चात कन्ट्रयाक्ट ट्रेसिङ का आधारमा सङ्कलन गरिएका सबै स्वावको नतिजा नेगेटिभ आएको थियो । उनी ४२ बर्षीय पुरुष स्थानीय व्यापारी हुन् । पालिकामा हाल सम्ममा ४२ जनामा कोरोना देखिएको छ अहिले सबै संक्रमित निको भएर घर फर्किसकेका छन् । हिजो भदौ १७ गते सङ्कलित ४६ श्वावको भने नतिजा आउन बाँकी रहेको स्वास्थ्य शाखा हुप्सेकोटका प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस