२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटमा गिरुवारी खोला थुनियो, हुप्सेकोटको क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०७८ भाद्र १२, शनिबार प्रकाशित ( साल अघि) ६८१० पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका गिरुवारी खोलाको मुहान क्षेत्रको खोला थुनिएर ताल बनेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार पहिरो गएको क्षेत्रमा पहिरोले गर्दा खोला थुनिएको हो । हुप्सेकोट ४ रुम्सीमा गिरुबारी खोलाको मुहान राते खोलामा पहिरो खसेर खोला थुनिदा ताल बनेको गाँउपालिकाकी अध्यक्ष लक्ष्मीदेवि पाण्डेले बताउनुभयो ।

थुनिएर ताल बनेको राते खोला तल आएर गिरुबारी खोलामा मिसिने हुँदा ताल फुटदा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सूचना जारी गरिएको छ । हुप्सेकोट ४ र ५ को रुम्से लगायतका क्षेत्रमा अहिले पहिरो खसिरहेको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।

खोला थुनिएर ताल बनेको स्थानमा पुग्न २ देखि ३ घण्टा सम्म लाग्ने बताउदै आफू सहितको गाउँपालिकाको टोलि सो स्थानमा जान लागेको उहाँले बताउनुभयो ।

राते खोला र घिरौला खोला आसपास कुनै गतिविधि नगर्न भन्दै गाउँपालिकाले सूचना निकालेर सर्वसाधारणलाई आग्रह गरेको हो ।

Hupse

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%१%३९%२%

प्रतिक्रिया दिनुहोस