२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटको मोहनडाँडामा बिजुली पुग्यो

२०७७ कार्तिक ९, आईतबार प्रकाशित ( साल अघि) १०३२ पाठक संख्या

कावासोती ९ कार्तिक। हुप्सेकोट गाउँपालिका वडा नम्बर ०२ को तल्लो मोहनडांडामा बिजुली बत्ति पुगेको छ । दशैंको बेलामा बिजुली बत्ति बले पछि तल्लो मोहनडांडाबासि फुरुङ्ग छन ।

हुप्सेकोट गाउँपालिकाको “उज्यालो हुप्सेकोट कार्यक्रम” अन्तरगत उनिहरुको अध्यारो युग विधिवत रुपमा सक्किएको छ र उनिहरुले विकाशको अनुभुती गर्न पाएका छन । हुप्सेकोट गाउँपालिकाको बजेट तथा नेपाल विद्युत प्राधिकरणको प्राबिधिक सहयोगमा बिस्तार गरिएको विद्युत प्रसारण लाईनको शनिबार हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देबि पाण्डेले उदघाटन गरिन ।

प्रसारण लाईनको उदघाटन गर्दै अध्यक्ष पाण्डेले यो बर्षको अन्तिम सम्म हुप्सेकोट गाउँपालिकाका सबै गाउँमा विद्युत पुग्ने जानकारी गराईन । ” हामि उज्यालो हुप्सेकोटको अभियानमा छौ । आजबाट यो अभियानले झन तिब्रता पाएको छ ,यो बर्षको अन्तिम सम्म हुप्सेकोटका सबै भेगमा विद्युत पुर्याउनेछौ” ।

शनिबार उदघाटन गरिएको प्रसारण लाईनबाट ४८ घरधुरी लावान्भित हुनेछन। दशैं लगत्तै माथिल्लो मोहनडांडामा पनि विद्युत प्रसारण लाईनको उदघाटन गर्ने तयारीमा गाउँपालिका रहेको बताईएको छ ।

अध्यक्ष पाण्डेका अनुसार बर्षको अन्तिम सम्म सम्पन्न हुने गरि हुप्सेकोट गाउँपालिका,नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय तथा गण्डकी प्रदेशको संयुक्त लगानीमा हुप्सेकोटको सबै भेगमा विद्युतीय प्रसारण लाईन बिस्तारको काम अगाडि बढेको छ ।

विद्युत प्रसारण लाईन उदघाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कावासोति शाखाका प्रमुख मधुसुधन यादब,ईन्जिनियर बिक्रम श्रेष्ठ,वडा नम्बर ०२ का वडा सदस्य घन बहादुर सोमै लगाएतकाले सम्बोधन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस