२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

हरितालिका तीजको दिनमा पशुपतिनाथ सुनसान (फोटोफिचर)

२०७७ भाद्र ६, शनिबार प्रकाशित ( साल अघि) १६६८ पाठक संख्या

काठमाडौं । आज हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाईंदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा विगत वर्षहरु जस्तो उल्लास भने देखिँदैन । कोरोना भाइरस (कोभिड-१९) का कारण उपत्यका लगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा छ भने, विभिन्न मठमन्दिर बन्द छन ।

जसका कारण यो वर्षको तीज उल्लासमय देखिँदैन । विगतका वर्षहरुमा काठमाडौंको पशुपतिनाथ लगायतका मन्दिरमा महादेवको पूजा आराधाना गर्ने भिड हुने गर्दथ्यो । तर यो वर्ष पशुपतिनाथ सुनसान देखिएको छ । पशुपति मात्रै नभएर सरकारले शिवालयमा नित्य पूजा बाहेक सबै गतिविधि बन्द छन । पशुपतिनाथको मूल मन्दिर चैतदेखि नै बन्द रहेको छ । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर पनि साउनदेखि नै बन्द गरिएको छ ।

कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा, देशका धेरै जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदैछन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस