२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

स्याङ्जामा बस दुर्घटना हुँदा ८ जना घाइते

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) १२३४ पाठक संख्या

स्याङ्जामा सोमवार बिहान भएको बस दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

ग१ख ९५९४ नम्बरको बिङ्गर बस उकालो सडकमा रोकेर चालक झरेको अवस्थामा बस पछाडि हट्न गई सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका–१३ बस्ने २३ वर्षीया सावित्रा गैहे, भिरकोट–१ बस्ने ३४ वर्षीया सातुमा खातुन, निजकी १० वर्षकी छोरी अफ्रिया खातुन, भीरकोट–१ कै ३१ वर्षीय मजबुन मियाँ, निजका ३ वर्षका छोरा महम्मद मियाँ, निजकी १० वर्षीया छोरी महबुदा खातुन, भिरकोट–१ कै १४ वर्षीया जदिदा खातुन र पुतलीबजार १० बस्ने २७ वर्षीया फालिदा बेगम घाइते भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस