२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सुरङमार्ग निर्माण गरेर पनि त्रिवेणी-दुम्किबास सडक विस्तार गर्छौँ : मुख्यमन्त्री पोखरेल

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) १६४० पाठक संख्या

नबिन पौडेल 

नवलपुर  ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल‘नेपाली’ले त्रिवेणी-दुम्किबास सडकलाई सुरुङमार्ग बनाएर भए पनि विस्तार गर्ने बताएका छन् । राष्ट्रिय निकुञ्ज र युनेस्कोसँग सहमतिका लागि केन्द्र सरकार मार्फत् पहल भइरहेको उनको भनाइ छ । तर अनुमति नपाएको खण्डमा सुरुङमार्ग निर्माण गरेर भए पनि सडक विस्तार गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

 

बुधबार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा कोल्हुवा खोनपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

‘हामीले कोरला-त्रिवेणी सडकलाई प्रदेशको गौरव आयोजनामा राखेका छौँ । यो मार्ग जसरी पनि विस्तार गर्ने हो,’ उनले भने, ‘निकुञ्ज र युनेस्कोले सडक विस्तार गर्न दिएन भने पनि हामी सुरुङ मार्ग निर्माण गरेरै छाड्ने छौँ । चीनदेखि भारतसम्म जोड्ने यो सडक प्रदेशका लागि मात्र नभएर राष्ट्रका लागि पनि महत्वपूर्ण हुनेछ ।’

त्रिवेणीदेखि दुम्किबाससम्मको २३ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले प्रदेश सरकारले निमार्ण गर्ने भनेको कोरला त्रिवेणी सडक निमार्णको काम अगाडि बढ्न सकेको छैन । निकुञ्जले भने सडक निर्माण गर्न नमिल्ने बताउँदैआएको छ ।

२०६२ सालमा त्रिवेणीस्थित गजेन्द्र मोक्षधामका पिठाधीस कमलनयनाचार्यको पहलमा त्रिवेणीदेखि दुम्किबाससम्मको जंगलमा ट्रयाक खोलिएको थियो । ट्रयाक खोलिएपछि सोही ट्रयाकबाट दाउन्नेपूर्वका बासिन्दा हिँडेर त्रिवेणी पुग्ने गर्दथे ।

तर २०६४ सालमा निकुञ्जले रोक लगाएपछि बाटो बन्द भएको छ । जसकारण गण्डकी प्रदेश विनयी त्रिवेणी गाउँपालिका त्रिवेणीका बासिन्दालाई लुम्बिनी प्रदेशको बर्दघाट हुँदै गाउँपालिकाको केन्द्र आउनुपर्ने बाध्यता छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%१८%३%२%१%१%

प्रतिक्रिया दिनुहोस