२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, आठ घाईते

२०७७ चैत्र ३, मंगलबार प्रकाशित ( साल अघि) १२७० पाठक संख्या

बिमला पाण्डे, सिन्धुली । मंगलबार साँझ सदरमुकाम सिन्धुलीमाढीबाट कमलामाई नगरपालिका–७ बाँसकटेरीतर्फ जाँदै गरेको बोलेरो कमलामाई नगरपालिका वडा नंं. ७ को करमडाँडामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यात्रु लिएर गएको बा १७ च १११७ बोलेरो गाडी दुर्घटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको लामाले बताए । मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ बाँस कटेरीका रुद्रवहादुर थापा, १८ वर्षिय रिता स्माली, १९ बर्षिय दुर्गा श्रेष्ठ र श्रेष्ठको छोरा २ वर्षको मनिष श्रेष्ठ रहेका छन ।

यस्तै दुर्घटनामा घाइते हुनेमा कमलामाई नगरपालीका ७ का धनवहादुर श्रेष्ठ, शान्तीमाया थिङ, कविता श्रेष्ठ, सुनमाया थिङ, गाडी चालक भोजविक्रम थापा, सुकमाया पुलामी, विनिता श्रेष्ठ र सुकमायाको २ वर्षिय छोरा रेवन पुलामी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए । दुर्घटनामा परि घाईते भएकामध्ये बोलेरो चालक ३८ वर्षिय भोज विक्रम थापा र कविता श्रेष्ठको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ ।

घाईते मध्ये अन्य पाँच जनाको अवस्था पनि गम्भिर रहेको र दुई जनाको भने सामान्य अवस्था रहेको लामाले बताए । घाइतेहरुको सिन्धुली अस्पतालमा भईरहेको छ । बोलेरो सडकदेखी अन्दाजी ४० फिट तल खसी दुर्घटना भएको हो । सवारी साधन अनियन्त्रित भई दुर्घटना भएको लामाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस